spot_img

नेपाली मोडेलको समाजवाद स्थापना जरुरीः प्रचण्ड

spot_img

काठमाडाैँ, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको औंल्याएका छन् । त्यसका लागि सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै अग्रगमनकारी शक्तिहरु एक जुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।बुधबार कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

सो अवसरमा प्रचण्डले संसारभरका सम्पूर्ण वामपन्थी सर्वहारावादी कम्युनिष्ट क्रान्तिकारीहरुमा शुभकामना व्यक्त गर्दै कार्ल माक्र्सले आविष्कार गरेको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको उल्लेख गरेका छन् ।

‘माक्र्सले प्रतिपादन गर्नुभएको माक्र्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवि वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो । माक्र्सवादको आविष्कार पछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भयो’, प्रचण्डले भनेका छन्, ‘मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल माक्र्सले अगाडि सार्नु भएको थियो ।’प्रचण्डले नेपाली भूमिमा माक्र्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिने उल्लेख गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img