काठमाडाैँ, नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । १० बजे बोलाइएको बैठकमा सहभागी हुन नेताहरु जम्मा भइरहेका छन् । संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले ठोस एजेण्डा नभए पनि समसामयिक विषयमा छलफल हुने बताए ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा विपक्षी गठबन्धनसँग मिलेर डा खिमलाल देवकोटालाई उम्मेदवार तय गरेकै भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन ।एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेद्वार तय गरेको छ ।