spot_img

एमालेका लागि हामी वार्ता र लचकता दुवै अपनाउन तयार छौं – नेता नेपाल

spot_img

काठमाडाैँ, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा एमालेका लागि वार्ता र लचकता दुवै अपनाउन सक्ने बताएका छन् । शुक्रबार सामाजिकसञ्जालमार्फत नेता नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुद्दिढ र एकतावद्ध एमाले चाहेको हुनाले वार्ता र लचकता दुवै अपनाउन तयार भएको बताएका हुन् ।

उनले आफूहरुले निर्माण गरेको एमालेका लागि २०७७ फागुन २८ गते र तत्पाश्चात बसेका कथित बैठकहरु र त्यसले गरेका निर्णय फिर्ता लिए लचक बन्न तयार रहेको बताएका हुन् । उनले लेखेका छन् ‘वार्ता र लचकता दुवै अपनाउछौ तर सहमती भइसकेको छैन !

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img