spot_img

अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति खोज्नु गैरजिम्मेवारीपन ः माधव नेपाल

spot_img

काठमाडौं,पूर्वप्रधानमन्त्री एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवारी र अलोकतान्त्रिक बाटोमा लागेको बताएका छन् ।प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेता नेपालले शनिबार बिहान समाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुुन् ।

नेता नेपालले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेर सरकार आफ्नो दायित्वबाट च्युत हुन खोजेको आरोप लगाएका छन् ।

‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो’, नेता नेपालले भनेका छन् ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्युत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img