काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो नहुँदा जनताले कोरोना महामारीमा दुःख पाएको बताएका छन्।उनले जनताका पक्षमा काम गर्ने र जनतालाई दुःख परेका बेला सहयोग गर्ने सरकार बनाउनेतर्फ आफूहरू लागिपरेको बताए।
उनले यो कुरा आज अखिल भारत नेपाली मञ्चले आयोजना गरेको भर्चुअल अन्तर्क्रिरयामा बताएका हुन्।‘हामी अहिले छिनछिनमा दलहरूसँग छलफल गरिरहेका छौं। सकरात्मक मोड दिनेतर्फ पहल भइरहेको छ,’ उनले भने, ‘जनतालाई सहयोग गर्ने कुरामा प्राथमिकता दिनुपर्छ। यो सरकारले कोरोना नियन्त्रण गर्न सकेन। कोरोना नियन्त्रण गर्न पनि राम्रो सरकार हुनुपर्ने रहेछ। सरकार नै भ्रष्ट भएपछि जनताले दुःख पाउने नै भए।’
उनले अब जनताका दुःख हेर्ने सरकार बन्ने पनि बताए। साथै प्रचण्डले फेरि एकपटक आफ्नै संगठन बनाउन जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।