काठमाडाैँ, विपक्षी दलहरूको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।देउवालाई भेट्न प्रचण्ड बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेका थिए । भेटमा करिब आधा घन्टा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री केपी ओलीको विकल्पमा विपक्षी दलहरूको गठबन्धनबाट बहुमतको सरकार गठन गर्ने विषयमा रणनीतिक छलफल भएको एक नेताले जानकारी दिए ।सोमबार राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेस गर्न तीन दिनको समय दिएपछि विपक्षी दलहरू आफ्नो पक्षमा बहुमत पु¥याउने दौडधुपमा छन् ।
देउवा र प्रचण्डले नेकपा एमालेको ओली समूहबारे सबै शक्तिहरूसँग छलफल गरेर अघि बढ्ने रणनीति बनाएका छन् । विपक्षी गठबन्धनबाट कांग्रेस नेतृत्वमा बहुमतको सरकार गठन गर्ने विषयमा मंगलबार दिउँसो ३ बजे कांग्रेस सभापति देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।