काठमाडौ, एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा लगायतका विषयमा कानुनी परामर्श थालेका छन् ।नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले जानकारी दियो ।वरिष्ठ नेता नेपाल पक्षले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ ।
यता सामुहिक राजीनामा गरे समस्यामा पर्ने बुझेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजै नेपाल सहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसारको बहुमतीय सरकार गठनका लागि दिएको म्याद सकिन लागेसँगै नेताहरुले आन्तरिक छलफललाई तिव्र पारेका हुन् ।
ओली नेतृत्वको सरकारको विकल्पमा काँग्रेससहितको गठबन्धनले नयाँ सरकार बनाउने भनेपनि संसदीय गणितका लागि माधव समुहको सहयोग आवश्यक देखिन्छ ।एमालेमा आएको विग्रहका कारण माधव समुहले सहयोग गर्ने देउवाका आशा छ । तर, माधव पक्षमा राजीनामा गर्ने कि नगर्ने भन्ने मतभेद चुलिँदै गएको छ ।