काठमाडाैँ, नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पु¥याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।काँग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट यचन मा बिहीबार सार्वजनिक गरेको हो।
सुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयानुसार उक्त विवरण सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा यचन ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव रिजालले बताए।
साथै डा प्रदीप पराजुली ९८५१०४४०६५, केशव रिजाल ९८५११२९०७८ र रामचन्द्र घिमिरे ९८५११२४१९८ लाई पनि जानकारी गराउन सकिने पार्टी कार्यालयले जनाएको छ। सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुनेछ। कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने काँग्रेसले जनाएको छ।

















