काठमाडाैँ, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनका विषयमा छलफल गर्न्द्र बैठक बोलाएका हुन् ।बिहीबार दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालयमाबस्नेबैठकलेमहाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका विषयमा छलफल गरी टुंगो लगाउने कांग्रेस केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए ।
कांग्रेसले यसअघि भदौ ७ देखि १० गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तोकेको थियो । तर, त्यसअनुसार महाधिवेशन गर्न पूर्वतयारी नपुगेपछि आजको केन्द्रीय समिति बैठकले त्यसमा हेरफेर गरी नयाँ कार्यतालिका तय गर्न लागेको थापाले जानकारी दिए ।महाधिवेशनको कार्यतालिकाबारे गत शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रस्ताव तय गरिसकेको छ । जसअनुसार तल्ला तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन भदौ १६, १७, १८ र १९ गते गर्ने सहमति बनेको छ ।
यस्तै, क्रियाशील सदस्यता सम्बन्धी छानविन समितिले २० असारभित्र सबै काम पूरा गर्न पदाधिकारी बैठकले निर्देशन गरेको छ । तर, अहिलेसम्म मापदण्ड नै पास भइसकेको छैन । आजको बैठक क्रियाशील सदस्यता छानविनका विषयमा समेत निर्णय लिने जनाइएको छ ।