काठमाडाैँ,वीरगंजमा कोरोना संक्रमितको उपचारमा काम नगर्ने ३० जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । कोरोना संक्रमितको उपचारमा नखटिने र ड्युटी गर्न मन नगर्ने ३० जनालाई बिहिबार पर्सा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई वीरगञ्ज महानगर परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार सिद्धार्थ माध्यमिक विद्यालयमा ४० बेडको सेमी–आइसोलेसन व्यवस्थापन गर्न खटाइएकोमा गर्न नमानेपछि उनीहरुलाई संकट व्यवस्थापन केन्द्र पर्साको निर्देशनमा पक्राउ गरिएको हो ।