रसुवा भाेटेकाेशी बाढी गएकाे २ महिना पछि त्रिशुली देखि धुन्चेसम्म पुग्दाःतस्वीरमा हेर्दा अझै उस्तै छन् ढलेका घरहरू,भत्किएका मनहरू देखि अझै उजाड नै छन् बगाएका बजार र वस्तीहरू।
अझै पुगेन सरकारी राहत,राहतकै पर्खाइमा रसुवावाली जनता:बाढी पीडित नभएको घर छैन। अधिकांशले परिवारका सदस्य गुमाएका छन्। रसुवावासी जनता अझै सरकारि राहतको पर्खाइमै छन्। सरकारले नगद राहत अझै सम्म दिन सकेको छैन। २० अर्व भन्दा बढी पैसा सरकारी खातामा छ तर सरकारले कहिले राहत दिने हाेला भनेर जनता कुरेर बसेका छन्।
कालिका गाउँपालिका-१ का अध्यक्ष धावा लामाले संघ र प्रदेश सरकारबाट नगद लगायत अन्य राहत नपाएको भन्दै दुखेसाे गरे। अन्य सहयोगी दाता,संघसंस्था र सहयोगि मनहरुलाइ अझै सहयोगको अपेक्षा रहेको उनले बताए।
त्रिसुली क्षेत्र अझै उजाड नै छ। बाढी गएको २ महिना सम्म पनि पुरिएका घरहरु,सुरुङहरुमा डोजर लगाएर खाेज्ने क्रम जारी छ। शवहरु पनि फेला परिरहेका छन्। मान्छेकाे अनुहारमा अझै मुस्कान छैन। भत्किएका घरहरू जस्तै स्थानीयकाे भत्किएकाे मन अझै फिर्ता भएकाे देखिदैन। सरकालले त्रिसुलीमा झुलङ्गे पुल,अस्थायी सडक,बेत्रावतीमा बेलीबृज निर्माण गरेकाे छ भने धुन्चेभन्दा माथीकाे सडक खाेल्न लागेकाे स्थानीय बताउँछन्।
बेत्रावती बजार अझै उजाड छ। हिजाेकाे बजार अहिले बगर बनेकाे छ। मान्छेहरू बसाेवास छैन। भत्केका घरहरू मात्रै छन्।
हिजाेकाे व्यापारीक र पर्यटकीय केन्द्र बनेकाे रसुवाकाे सदरमुकाम धुन्चे,राम्चे बजार र कालिका लगाएतका क्षेत्र सुनशान छन्। धुन्चे भन्दा माथी अझै सडक र सम्पर्क छैन।