जहाँका भगवानले नै विभेद गर्छन्ः डाेल्पामा दलितलाइ मन्दीरमा पस्न नदिने देखि छाेइछिटाे जस्ता कुसस्कार झन् बढ्दाे
रूपक कुलाल डाेल्पा,मुलुकमा फेरी दलित समुदायले आवाज उठाउन थालेपछि जातव्यवस्थाका विषयमा अनेक वहस शुरू भएका छन् । राष्ट्रियस्तरमा चर्चा र आन्दाेलनका विषय बनिरहदा दुर्गममा भने भगवानले नै दलित समुदालाइ विभेद गरिरकेका छन् ।
म १ महिना डाेल्पा यात्रामा तल्लाे डाेल्पा करीव पुरै गाउँ गाउँ भ्रमण गर्दा गाउँ गाउँमा छुवाछुत अझै उस्तै रहेछ । गाउँगाउँमा मष्टाेपरम्पराका मन्दीर र धामि लगाएत त्यहाका ब्रामण र क्षेत्रिहरूले अझै पनि दलित समुदायमाथि छाेइछिटाे गर्ने गरिरहेका रहेछन् । समग्र डाेल्पामा हेर्ने हाे भने बसै भन्दा धेरै त्रिपुरासुन्दरी नगरपालिकामा छुवाछुत ब्याप्त देखिन्छ । त्रिपुरासुन्दरी नगरपालिकाका दलित समुदायका अनुसार समय पहिले भन्दा बदलिएकाे छ,पहिलेका भन्दा नयाँ पुस्ताले खुलेआम जातिय भेदभाव गर्दैनन् । तर मन्दीरहरूमा भने सबैकाे रबैया उस्तै छ ।
डाेल्पाकाे सबै भन्दा चर्चीत मन्दीर बाला त्रिपुरासुन्दरी मन्दीरमा अहिले पनि छुवाछुत उस्तै रहेछ । मन्दीरमा छुवाछुत र दलितसमुदायलाइ मन्दीर भित्र पस्न नदिनेसम्मका कुसंस्कार अहिले पनि जिवित छ । दलीत समुदाय भन्छन् अहिले पनि मन्दीर भित्र पस्न दिइदैन,पस्न खाेज्दा ब्रामणहरूले दुस्मनकाे रूपमा लिन्छन् । स्थानीय साेझा दलित समुदायलाइ मन्दीरमा पसे देउता लाग्ने लगाएतका अनेक भ्रम छरेर ब्रामणले भेदभाव कायमै राखेका छन् ।
छुवाछुत र मन्दीरमा पस्न नदिने विषय त सामान्य रहेछ दलितसमुदायलाइ देवीका नाममा श्रम शाेषण गरेर गरेर अहिलेसम्म खाइरहेका रहेछन् । अहिले पनि जात अनुसार मन्दीरकाे काम लगाउने, गर्न नसक्ने काम भरी देवीका लागि भन्दै ब्रामणले विभेद जारी राखेका छन् । ज्वलन्त उदाहरण मन्दीरकाे गुठीकाे जग्गा ब्रामण कमाइ खान्छन् तर मन्दीरकाे काम भन्दै श्रम शाेषण गरीरहेका छन् ।
यस्तै कुसंस्कार कारण मन्दीरकाे सधैँ बदनाम हुने गरेकाे छ । दलित समुदाय देखि अधिकार कर्मीले समेत पटक पटक आवाज उठाउदा पनि प्रशासनले चासाे नदिदा समस्या समाधान अहिलेसम्म पनि भएकाे छैन ।
यस्तै डाेल्पामा सबै भन्दा धेरै मष्टाे परम्पराका मन्दीर र धामीका कारण छुवाछुत अन्त्य हुन सकेकाे छैन । न कुनै अध्ययन छ,न कुनै शास्त्रमा छ प्राकृतिक देउता भन्दै स्वघाेषीत आफुलाइ धामी बताउनेहरू कति छन् कति । उनीहरू दलितलाइ छाेए देउता रिसाउने भन्दै अनेक थरीका कुसंस्कार जन्माइ रहेका छन् ।
डाेल्पामा मुख्यगरी त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुरासुन्दरी मन्दीर वरीपरिकाे गाउँ काेट, छल र गल्ली गाउँमा सबै छुवाछुत छ। जहाँ अहिले पनि भगवानका नाममा विभेद कायम छ । धामीलाइ देउता आएपछि दलितलाइ नछुने,छाेए देउता नआउने लगाएतका कुसंस्कार जन्माइ रहेका छन् ।
शहर बजारमा छुवाछुत गर्नेे धामीलाइ कारबाहि भइरहेकाे छ तर दुर्गममा भने प्रशासनले कडाइ नगर्दा छुवाछुत अन्त्य हुन सकेकाे छैन । दलित समुदाय समेत याे कुसंस्काले जेलिएकाे धर्मबाट बाहिर निस्कन सकेकाे छैन । भगवानकै नाममा त्यहाँकाे ब्रामण देखि क्षेत्रिहरूले शताब्दी देखि दलित समुदायलाइ शाेषण गरिरहेका छन् ।
छुवाछुत बढाउने दुइ मष्टाेका मन्दीरहरूः छल र गल्ली मन्दीर