spot_img

कमला नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह

spot_img

काठमाडाैँ, पछिल्लो दुई दिनदेखि परेको निरन्तर वर्षाले सिराहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कमला नदी तटीय क्षेत्रमा पर्ने सिराहा, कल्याणपुर र कर्जन्हा अन्तर्गत पर्ने गाउँ बस्तीका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले बिहीबार बिहानदेखि नै माइकिङ गरिरहेको छ ।

सिन्धुलीमा राखिएको कमलाको बाढी मापन सूचक अनुसार बिहीबार बिहान सवा ७ बजेतिर नदीमा साढे तीन मिटर बहाव बढेको र सिरहासम्म आइपुग्दा नदीमा डेढ मिटर पानी बढेको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए । प्रजिअ कणेलका अनुसार पानीको बहाव बढेपनि सिराहा र धनुषातर्फका बासिन्दा कमलाको नदी उकासको जग्गामा खेती गर्न, भङ्गालो क्षेत्रमा घाँसदाउरा लिन जाने क्रम नरोकिएकाले त्यसो नगर्न सजगताका लागि सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिका अन्तर्गत पर्ने तटीय गाउँ बस्तीमा माइकिङ गरिएको हो ।

‘बाढी आएका बेला नदी उकासको जग्गामा खेतीपाती गर्न नजान, घाँस दाउरा नगर्न, माछा नमार्न र बाढीले बगाएर ल्याएको काठ दाउरा लिन बाढीमा नपस्न सचेत गराइएको छ’ उनले भने । नदीमा बाढी बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरुको टोलीले तटीय क्षेत्रमा जोखिम न्यूनीकरणका लागि भइरहेका कामको स्थलगत निरीक्षण गरेको छ । टोलीले सिराहा नगरपालिका १२ सारश्वर गाउँ नजिक बाढी नियन्त्रणका लागि भइरहेको निर्माण कार्यको निरीक्षणसहित जोखिम नियन्त्रणका लागि भइरहेको कार्यलाई तीब्रता दिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

चार जनाको उद्धारकमलाको नदी उकास क्षेत्रमा घाँस दाउरा लिन गएका बेला एक्कासी बाढी बढेर भङ्गालोमा फसेका चार जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । भङ्गालोमा फसेका कर्जन्हा नगरपालिका ३ सुन्दरपुरका तीन महिला र एक पुरुषलाई सेनासहितको टोलीले बुधबार अपरान्ह सकुशल उद्धार गरेको नेपाली सेनाको चोहर्वास्थित शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्र कुमार गौलीले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img