गोरखाको, सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ । शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको सिरानचोक गाउँपालिका–७ का वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए ।
घरमा दुई जनामात्र रहेको र पहिरोमा परी मृत्यु भएको खबर बिहान मात्र थाहा भएको उनले बताए । उनका अनुसार ६० मिटर माथिबाट खसेको पहिरोले घर च्यापिएर दम्पतीको मृत्यु भएको हो । चार घण्टा लगाएर केही बेरअघि मात्र उनीहरुको शव निकालिएको ढकालले बताए ।