काठमाडाैँ,उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो भाँचिएको हो ।सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो स्लाब भाँचिएको चैदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।
‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै निर्माण कार्य समेर बुझाउँछु भनेको थियो, काम पनि लगभग सकिएको अवस्थामा भाँचिएको छ’ उनले भने ।१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ । बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइत्े भएका मेयर राईले जानकारी दिए । स्थानीयले उनको उद्दार गरेका छन् ।