धोतराप डाेल्पा, डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पो भोटेको पहलमा उपल्लो डोल्पाको तीन पालिकाका लागि स्वास्थ्य विभागबाट हिमाली जिल्लामा भेरोसेल दिने नितिगत निर्णय बमोजिम २००० कोभिडको भेरोसेल भ्याक्सिन प्राप्त भएको छ । जसमध्ये भिजन डोल्पोको आर्थिक सहायोगमा हेलिकप्टरबाट ढुवानी गरेर ६१७ डाेज डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोमा साेमबार पुगेकाे जनजाति विकास केन्द्रका अध्यक्ष भोटेले जानकारी दिए ।
साथै हेलिकप्टरबाट नोम्याट क्लिनिकको सहायोगमा ४ लाखमा किनेको रेफ्रिजिरेटर पनि धो स्वास्थ्य चौकिमा पुर्याएको अध्यक्ष भोटेले बताए । यो रेफ्रिजिरेटरले बाह्रै महिना अब डोल्पोबुद्धमा कोभिड भ्याक्सिन लगायत अन्य भ्याक्सिन स्टोर गर्ने व्यवस्था मिलेकाे छ ।


















