शे-फाेक्शुण्डाे गाउँपालिकामा दास्राे पटक काेराेना खाेप अभियान शुरू हुँदै
डाेल्पा,उपल्लाे डाेल्पाकाे शे-फाेक्शुण्डाे गाउँपालिकामा दाेस्राे पटक काेराेना खाेप अभियान शुरू हुने भएकाे छ । पहिलाे चरणमा वडा नम्वर ८ र ९ मा ३० वर्ष उमेरसमुह माथिका नागरिकलाइ लगाइ सकिएकाे र अव दाेस्राे चरणकाे खाेप अभियान शुरू मुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद न्याैपानेले जानकारी दिनुभयाे । खाेप अभियान असार २५ देखि २९ गतेसम्म सञ्चालन हुने छ । ताेकिएकाे मितिमा पाएक पर्ने स्वास्थ्य चाैकिमा गएर ३० वर्ष माथिका नागरिकलाइ खाेप लगाउन गाउँपालिकाकाे अपिल छ ।
गाउँपालिका अन्तर्गत वडा नम्वर १ देखि ४ सम्मका नागरिकले स्वास्थ्य चाैकी साल्दाङ,वडा नम्वर ५ देखि ७ सम्मका नागरिकले स्वास्थ्य चाैकी भिजेर र वडा नम्वर ८ देखि ९ का नागरिकले स्वास्थ्य चाैकी फाेकुण्डाेबाट खाेप लगाउन सक्ने गाउँपालिकाले जनाएकाे छ ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -