spot_img

माओवादीसँग सहमति भएसँगै प्रदेश सभाको गतिरोध हट्यो

spot_img

काठमाडौं, प्रदेश १ मा जारी संसद गतिरोधको अन्त्य भएको छ । प्रदेश सरकार र माओवादी केन्द्रबीच संसद बैठक खुलाउने विषयमा सहमति भएसँगै प्रदेश सभा बैठक सुचारु भएको हो ।प्रदेश सचिवालयमा मंगलबार सरकार र माओवादी केन्द्रबीच भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिको रेकर्ड हटाउने र अब उप्रान्त सदनमा बोल्दा मर्यादित भाषा प्रयोग गर्नेतर्फ सभामुखले सचेत गराउने सहमतिसँगै संसदको जारी गतिरोध अन्त्य भएको हो।

प्रदेश सभाको १८ औ बैठक मंगलबार अपरान्ह १ बजेको लागि डाकिएको थियो । तर जारी गतिरोध अन्त्यका लागि सरकार र माओवादी केन्द्र बिच बार्ताका लागि संसद बैठक साढे २ घण्टापछि सारिएको थियो । सरकार र माओवादी पक्षबीच संसद बैठक सुचारु गर्ने सहमति भएसँगै निर्धारित समय साढे तीन बजेदेखि बैठक शुरु भएको छ ।मंगलबारको बैठकको काम कारबाही अगाडी बढाउने क्रममा मन्त्री गुरुङको अभिव्यक्ति हटाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका छन् । त्यसैगरी उनले रोस्टम प्रयोग गरेर अभिव्यक्ति राख्ने क्रममा प्रदेश सभाको गरिमालाई ख्याल राख्न समेत प्रदेश सभा सदस्यलाई सचेत गराएका थिए ।

माओवादी केन्द्रले प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएपछि उनले माफी माग्नुपर्ने माग राख्दै लगातार प्रदेशसभा बैठक अवरुद्ध गदै आएको थियो। जसका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी पाँचौ पटक बैठक स्थगित भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img