spot_img

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

spot_img

काठमाडौं,सत्तारूढ दल नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ। आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ। बिहान साढे १० बजे बस्ने भने पनि करिब १२ बजेदेखि बैठक सुरु भएको हो।यसअघि मंगलबार बसेको बैठक विषयवस्तुमा प्रवेश गर्दै आज पुनः बस्नेगरि टुङ्गिएको थियो। सोमबारको बैठकमा विगतमा भएका प्रगतिका विषयमा छलफल भएकोमा मंगलबार विवादका विषयवस्तुमा प्रवेश गरेको बैठकपछि नेताहरुले जानकारी दिए।

यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो।कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img