काठमाडाैँ, निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले गरेको फैसलाको असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहने बताएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतको फैसलाले के–कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै फैसला पालना गर्ने बताए ।नेपालको संविधान अक्षरहरूको संगालो मात्र नभएर दशकौँ लामो पसिना र संघर्षको दस्ताबेज हो भन्दै संविधानको रक्षाका लागि सबैको चासो र चिन्ता हुनुपर्नेमा जोड दिए ।