spot_img

डाेल्पाकै गाैरवकाे याेजनाकाे चर्चाः”सुरक्षीत बन्दै सदरमुकाम दुनै बजार,फेरिदैँछ मुहार” फाेटाेफिचर र भिडियाे रिपाेर्ट सहित ।

spot_img

रूपक कुलाल,दुनै डाेल्पा

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा । प्रकृतिको अनुपम उपहार डोल्पा सदरमुकाम दुनै बजार । ठूली भेरी नदीको किनारमा रहेको दुनै बजार झट्ट हेर्दा सुन्दर र व्यवस्थित देखिन्छ । समुन्द्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको डोल्पा सदरमुकाम दुनै बजार नेपालको सबैभन्दा जोखिमको सदरमुकाम मध्ये एक हो । ठुलीभेरी नदीको किनारमा अवस्थित सदरमुकाम दुनै बजारमा करिव ५ सय घर दुरी छन् भने ३ हजारभन्दा बढि मानिसको बसोबास रहेको छ । दुनै बजार हेर्दा जति सुन्दर देखिन्छ, त्यस्तै सुन्दर यहाँका बासिन्दाको जीवन छैन ।

डोल्पाको प्रकृति जस्तै सुन्दर डोल्पावासीको जीवन सुन्दर छैन । डोल्पावासीका अनेकौँ कथा र पीडा छन् । सदरमुकाम दुनैका बासिन्दा वर्षायाममा उर्लेर आउने बाढीको त्रासमा सधैँ बाँचिरहेका छन् । भेरी नदीले दुनैबजारका धेरै घर बगाएको छ । यो नदीमा धेरैको जीवन पनि बगेको छ । जब वर्षा सुरु हुन्छ, तब यहाँका नागरिकको चिन्ता सुरु हुन्छ । दुनै बजारको यो जोखिमलाई समाधान गर्न अहिले भने केही दुर्गामी प्रयासहरु भइरहेका छन् । हरेक वर्ष जोखिम बढिरहेपछि डोल्पा सदरमुकाम दुनै बचाउ कार्यक्रम सुरु समेत शुरु गरिएको थियो ।

नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीन चरणमा काम सम्पन्न गर्ने गरी १ अर्व रकम छुट्याएर यस आयोजनाको डीपीआर तयार पारेको थियो । तीन चरण मध्ये पहिलो चरणको काम २८ करोडमा ठेक्का कन्काई थोदुङ्ग जेभीले निर्माणको जिम्मा पायो । डोल्पा प्रतिनिधि मनविर पुनले गराइरहेको पहिलो चरणको काम २०७४ भदौमा सम्झौता भई सुरु भएको भएको थियो । पहिलो चरणमा सदरमुकामको दुवैतिर तारजाली भरेर तटबन्ध गरिएको थियो ।

दोस्रो चरणको काम २०७७ फागुन ३० गते करिब ५८ करोड रुपैयाँको ठेक्का कान्छाराम थोदुंग क्याराभान जेभीले पाएको थियो । दोस्रो चरणमा ११ सय ३५ मिटर मेसिनरी वाल, ग्याविन र चेक ड्याम निर्माणको काम अहिले धमाधम चलिरहेको छ ।

दुनै बजारलाई सुरक्षित बनाउन निकै जोडबल गरेपछि मात्र योजना परेको डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि धनबहादुर बुढाको भनाइ छ । उनी अब दुनै बजारको मुहार फेरिने बताउँछन् । निर्माण सम्पन भएपछि दुनै बजारको मुहार फेरीने मात्र नभइ, सुरक्षीत सहर हुने सांसद बुढाको दावी छ ।
राज्यको अर्बौ लगानीमा बन्दै गरेको कामको गुणस्तर हेर्नको लागि २०७७ चैत्र १८ गते जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसुदन अधिकारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी, विभागकै सह–सचिव बिष्णुदेव यादब, इन्जिनियर विरेन्द्रकुमार यादव, शाखा अधिकृत कृष्ण गिरी र इन्जिनियर मुकेश पाठक सहितको टोलीले अनुगमन तथा निरीक्षण समेत गरेको थियो । अनुगमन टोलीलाई निर्माण कार्य कस्तो भइरहेको छ भन्ने प्रश्नमा अनुगमन टोलीले कामको प्रशंसा गरेको थियाे ।

अनुगमन टोलीले निर्माण कार्य डीपीआर अनुसारको गुणस्तरयुक्त काम भइरहेको प्रतिक्रिया दियाे । अनुगमनका क्रममा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसुदन अधिकारी राज्यको लगानी खेर नजाने बताउँनु भएको थियो । दुनै बजार सुरक्षीत हुनेमा आफू ढुक्क रहेको उहाँको दावी छ । यस्तै अनुगमनका क्रममा सिँचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले डोल्पा सदरमुकाम दुनै बजार बचाउन उच्च प्राथमिकतामा परेको बताउनु भयो । निमार्णको काम भइरहेकाले स्थानियबासीलाइ नआत्तीन आग्रह समेत गर्नुभएको थियो । योजनाको काम सकिएपछि दुनै बजार सुरक्षित र सभ्य देखिने उहाँको दावी छ ।

सिनियर डिभिजनल इन्जिनियर विरेन्द्रकुमार यादवले भने राज्यको एक अर्ब रकम बराबरको लगानी भएको कामको निरीक्षणका लागि आफूहरु नियमित जाने गरेको बताउनु हुन्छ ।

अनुगमनका क्रममा मसला, तारजाली र आर.सी.सीको नमूना संकलन गरेर परिक्षण गर्ने काम पनि हुँदै आएको र हालसम्म कुनै समस्या नदेखिएको उहाँको भनाइ छ । भरखरै साउनमा समे यादव नेतृत्वकाे अनुगमन गरेकाे समेत उहाँ बताउनुहुन्छ । करिव ८० प्रतिशत काम सकिएकाे अवस्थामा हालसम्म निकै राम्राे काम भइरहेकाे दुनै बजार सुरक्षीत हुनेमा संका नगर्न यादवकाे अाग्रह छ ।चाडैं अायाेजनाका काम सकिने समेत उहाँकाे भनाइ छ । क्वालीटि र क्वान्टिटिमा समस्या फेला परे तत्काल कारबाही गर्ने दावी गर्नुहुन्छ ।

स्थानीयस्तरमा यो आयोजनको केही विरोध नभएको होइन । केही राजनीतिक दलहरुले ठूली भेरी नदीको ढुंगा र नदी दाेहनको विषयका सम्बन्धमा भने केही प्रश्न उठाएका छन् । ठुलीभेरी नगरपालिकाको वडा नम्वर ३ पर्ने दुनै बजारको कामका बारेमा स्थानीयवासी, यहाँका स्थानीय जनप्रतिनिधिहरुको प्रतिक्रिया लिएका थियाैँ । वडा नम्वर ३ का वडा अध्यक्ष अर्णवहादुर न्यौपाने दुनै बजार बचाउनका लागि सरकारले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँनुहुन्छ । वर्षौदेखि त्रासमा बाँचिरहेका जनताको जिउधनको सुरक्षाका लागि भइरहेकोले यो काम राम्रो भएको उहाँको भनाई छ । अध्यक्ष न्यौपाने आफूहरुले दैनिकजसो अनुगमन गरिरहेको पनि बताउनुहुन्छ । अध्यक्ष न्यौपाने दुनै बचाउ अभियानमा भइरहेको कामको स्वागत र समर्थन गरेको बताउँनुहुन्छ ।

दुनै बजारका स्थानियवासी समेत पहिले भन्दा धेरै सुरक्षीत महसुर गरीरहेकाे बताइ रहेका छन् ।  वर्षौदेखिको त्रास अब भने हट्ने आशा पलाएको स्थानियबासीको भनाइ छ । सदरमुकाम सुरक्षित हुन्छ भनेर आफुहरुले केही जग्गा समेत दिएको स्थानीयवासी बताउँछन ।
कान्छारामा थोदुंग क्याराभान जेभीका डोल्पा प्रतिनिधि मनविर पुन ८० प्रतिशत काम सकिसकेको दावी गर्नुहुन्छ । निर्माण व्यवसायी पुन अहिले मेसिनरी वाल, ग्याविन भर्ने काम र चेक ड्याम निर्माणको काम धमाधम भइरहेको बताउँछन । आफूहरुले गरिरहेको कामको क्वालिटि र क्वान्टिन्टिमा कुनै समस्या नभएको उनको दावी छ । कुनै कमजोरी भेटिए कारबाही भोग्न तयार रहेको पुनको दावी छ ।

डोल्पा जिल्लाका सरोकारवाला निकायदेखि दुनै बजारका स्थानीयवासीले दास्रो चरणको कामको प्रसंसा गरिरहेका छन् । वर्षौदेखि तारजाली भर्ने काम भएकोमा यसपाली बनिरहेको मेरीनरी वालको कामले दुनै बजारलाइ सुरक्षीत, सुन्दर र व्यवस्थित बनाउने अपेक्षा स्थानीयबासीको छ । राज्यले १ अर्व लगानी गरेको डोल्पा सदरमुकाम दुनै बजार बचाउ अभियान डोल्पाकै एक नमूना योजना हो । यसले डोल्पाको विकास र डोल्पाली जनताको भविष्य सुरक्षित बनाउने विज्ञहरुको विश्वास छ । यदि यो योजनाले सफलता पाए डोल्पामा राज्यको लगानि बढ्नेमा दुईमत छैन ।

भिडियाेमा हेर्नुहाेस्ः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img