spot_img

एमालेमा दोस्रो तहका नेताहरु फेरि सक्रिय

spot_img

काठमाडौं,  पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु नेता गल्ती कमजोरी स्वीकार गरेर मात्र आए पार्टीमा स्थान दिने बताएका छन् ।

ओलीले शुक्रबार संसदीय दलको बैठक समेत बोलाएका छन् ।सहमति भाँडिने खतरा बढेपछि दुबै समूहका दोस्रो तहका नेताहरुले बिहीबार अनौपचारिक छलफल गरेका छन् । एमाले सचिव गोकर्ण विष्ट भन्छन्, ‘कार्यदलले गरेको दश बुँदेमा टेकेर एकता जोगाउन अरु नेताहरुबीच पनि सम्वादमा चलिरहेको छ ।’शुक्रबार बोलाइएको संसदीय दलको बैठक रोक्नुपर्नेमा दुबै पक्षका दोस्रो तहका नेताहरुका साझा मत छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img