spot_img

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

spot_img

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ।आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।‘वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने हाम्रो पार्टीको निर्णय भएको छ,’ माओवादी केन्द्रका सांसद मातृका यादवले पत्रकारहरूसँग भने, ‘देउवाले विश्वासको मत पाउनुहुन्छ।’उनले १५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पनि दाबी गरेका छन्।

‘अदालतमा हस्ताक्षर बुझाएकोभन्दा धेरै सांसदले विश्वासको मत दिनुहुन्छ,’ उनले भने। उनले प्रतिनिधि सभा निरन्तर चलोस् भन्ने पक्षमा माओवादी केन्द्र रहेको बताए।प्रधानमन्त्री देउवाले आजै आह्वान गरिएको संसद अधिवेशनमा विश्वासको मत लिने कार्यक्रम छ। माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्नीप्रसाद सापकोटाले मत दिन पाउदैनन् भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ। अहिले माओबादी केन्द्रका ४९ जना सांसद रहेका छन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img