डाेल्पा, डोल्पाकाे ठुलीभेरी नगरपालिका वडा नम्वर ९ काे डाँगीबारा आइतबार हिजो राति ८:२० बजे लगातारकाे वर्षाका कारण चन्द्रसिँह डाँगी घर भत्किएकाे हाे ।
डाँगीका छाेरा समिर चन्द्र डाँगीका अनुसार लगातार पानी परिरहेकाे थियाे । एक्कासी घर भत्कदा बुवा घाइते हुनुहुन्छ । गाइ वस्तु सहित लाखौंको विकासी बाख्रा , लाखौंको पुरानो रुपैया, र अहिलेसम्म कमाएको लाखौंको रुपैया , खाध्यान्न , अनाज सबै पुरिएकाे बताए । खाना खाने क्रममा घर भत्किएकाे र आफूँहरूले भागेर ज्यान जाेगाएकाे डाँगीकाे भनाइ छ ।
खाने अन्न अनाज पनि केहि बाँकी बचेन अव के गर्ने बुवाकाे उपचार पनि गर्नुपर्ने छ । त्यसैले सबैलाइ सहयाेगकाे अपिल गर्दछाैँ । सरकारले उचित क्षतिपुर्ती दिने आशा रहेकाे डाँगीकाे भनाइ छ । भएकाे धनसम्पति सबै पुरीयाे अव कसरी दैनिकी चलाउने डाँगी परिवारकाे चिन्ताकाे विषय बनेकाे छ ।


















