काठमाडौं,सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावललाई आफ्नो निर्णय फिर्ता लिन उनका समर्थकले दबाब दिएका छन्।राजीनामा फिर्ता लिन दबाब दिन सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरू काठमाडौं आएका छन्।
प्रदेशका मन्त्री र सांसदले घरमै आएर दबाब दिइरहेका एमाले सांसद झपट रावलले जानकारी दिए।एमाले उपाध्यक्षसमेत रहेका रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।रावलको राजीनामा अझै स्वीकृत भएको छैन।