काठमाडौं, इमान्दार खवर आज २०७८-४-६ गतेबाट दाेस्राे वर्षमा प्रवेश गरेकाे छ । “इमान्दारीता हाम्राे प्रतिवद्दता” भन्ने मुला नाराका साथ शुरू भएकाे इमान्दार खवर पहिलाे वर्ष पुरा गरी दाेस्राे वर्षमा प्रवेश गरेकाे हाे ।
आर. के ब्राेकाष्टिङ्ग मिडिया प्रा.लि द्वारा सञ्चालित इमान्दार खवर डटकम आवाज विहीन हरूकाे आवाज हाे । समाजमा हुने विकृति,विसंगति,कुसंस्कार र भ्रष्टाचार विरूद्द खराे रूपमा कलम चलाउदैँ दुर्गमका जनताकाे आवाज बनिरहेकाे छ । स्थापनाकाे १ वर्षमै बजारमा उत्कृष्ट छाप छाेड्न सफल इमान्दार खवरकाे डिजीटल माध्यम IMANDAR KHABAR रहेकाे छ ।
यस अवसरमा सञ्चालक रूपक कुलाले समस्त दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले इमान्दार खवरका पाठक,दर्शक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने बताउनु भयाे ।
सञ्चालक कुलालले सत्य–तथ्य,निश्पक्ष,राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति प्रतिवद्ध रहने हुनुका साथै व्यावसायिक रुपमा अझै बलियो बनाउने क्रमसँगै हामी आफ्नो सामाजिक उत्तरदायित्व पनि नबिर्सने बताउनु भयाे । संविधानसभाबाट संविधान निर्माण भई देशले नयाँ सरकार पाएको तर एउटा स्पष्ट दिशा नपाइसकेको अवस्थामा जनताको समृद्धिको चाहनामा हातेमालो गर्दै इमान्दार खवर समृद्धि, विकास र स्थायित्वको पक्षमा थप दृढ भएर उभिनेछ ।
सत्य, तथ्य र निष्पक्ष समाचारको खेतीमा जुटेका हामीलाई छोटो समयमा पाठक तथा शुचेच्छुकबाट जुन माया प्राप्त भइरहेको छ, आगामी दिनमा थप मायासँगै उचित सल्लाह तथा सुझावको पनि अपेक्षा गरेका छौं । सत्य समाचारको पक्षधरता र स्वतन्त्र पत्रकारिता गर्ने हाम्रो अठोटमा पाठक, विज्ञापनदाता र शुभेच्छुकले निरन्तर साथ दिनुहुनेछ भन्नेमा हामी ढुक्क छौं । आगामी दिनमा अझ परिष्कृत भएर इमान्दार खवर अगाढि बढ्ने छ ।
रूपक कुलाल सञ्चालक\सम्पादक इमान्दार खवर डटकम