spot_img

होन्डाको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक, झुक्किएर पनि नखोल्नुहोला यस्तो लिङ्क

spot_img

काठमाडौं, जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क यतिबेला म्यासेन्जरमा फैलिइरहेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ ।

उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ । तर तपाईं भने यी कुनै पनि नियम पालना नगर्नुहोस् ।

अझ म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला । किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् ।

यस्ता म्यासेजले तत्कालै हानी त नपु¥याउँ सक्छन्, तर लिङ्कमा प्रवेश गरेपछि स्पामरहरू तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुक लगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन् यस्ता म्यासेज ।

त्यसो त म्यासेजमा उल्लेख गरिएजस्तो होन्डाको ७० औं वार्षिकोत्सव अहिले होइन । सन् २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ । ७० औं वर्ष पूरा भएको तीन वर्षपछि कुनै कम्पनीले यसरी उपहार सार्वजनिक गर्ने उदाहरण पनि छैनन् । होन्डा जस्तै यसअघि अमेजनको वार्षिकोत्सव भन्दै यस्तै लिङ्क व्हाट्सएपमा समेत देखिएको थियो ।

विजेताले ह्वावेको मोबाइल पाउने सन्देशसहित होन्डाको जस्तै नियमहरू यसमा राखिएको थियो । तर व्हाट्सएपको प्रयोगकर्ता म्यासेन्जरको तुलनामा धेरै नभएकोले यसले त्यति धेरै चर्चा पाएन । नेपालमा म्यासेन्जर प्रयोगकर्ताको संख्या बढी भएकोले होन्डाको म्यासेन्ज लिङ्क सजिलै अनि छिटो फैलिन सम्भव भयो । त्यहाँ राखिएका नियम अथवा शर्तले पनि यसलाई फैलाउन सहयोग पु¥यायो ।

यस्ता स्पाम म्यासेजमा प्रवेश गर्दा भविष्यमा अप्ठ्यारो पर्न सक्ने भएकोले तपाईं भने सुरक्षित रहनुहोला । परिचित म्यासेन्जर साथीहरूले पठाउनु भएको छ भने उहाँहरूलाई पनि सचेत गराउनुहोला । अपरिचितबाट म्यासेज रिक्वेस्ट आएको छ भने सोझै डिलिट गर्नुहोला ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img