इमान्दार खवरकाे शाखा कार्यालय डाेल्पामा खुल्दैः प्रथम वार्षिकाेत्सव समाराेहका तस्वीरहरू
काठमाडाैँ,इमान्दार खवर आज २०७८-४-६ गतेबाट दाेस्राे वर्षमा प्रवेश गरेकाे अवसरमा काठमाडाैँमा भब्य कार्यक्रम गरेर प्रथम वार्षिकाेत्सव मनाइएको छ । समाराेहमा प्रमुख अतिथि पूर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्या पहाडी,विशिष्ठ अतिथि नेपाली सेनाका प्रमुख सेनानी विश्ववन्धु पहाडी,अतिथिमा माअाेवादी केन्द्रका युवा नेता रामदिप आचार्य र नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा वाग्मती टेलिभिजनका प्रधान सम्पादक प्रभात चलाउने लगाएतकाे उपस्थिति रहेकाे थियाे । समाराेहमा अतिथिहरूले शुभकाना दिदैँ इमान्दार खवरकाे प्रगतिकाे कामना समेत गर्नुभएकाे थियाे ।
आर. के ब्राेकाष्टिङ्ग मिडिया प्रा.लि द्वारा सञ्चालित इमान्दार खवर डटकम सञ्चालक तथा सम्पादक रूपक कुलालले इमान्दार खवर आवाज विहीन हरूकाे आवाज भएकाे बताउँदै समाजमा हुने विकृति,विसंगति,कुसंस्कार र भ्रष्टाचार विरूद्द खराे रूपमा कलम चलाउदैँ दुर्गमका जनताकाे आवाज राष्ट्रियस्तरमा उठाउन सफल मिडीया भएकाे बताउनु भयाे । स्थापनाकाे १ वर्षमै बजारमा उत्कृष्ट छाप छाेड्न सफल इमान्दार खवरकाे डिजीटल माध्यम IMANDAR KHABAR रहेकाे र “इमान्दारीता हाम्राे प्रतिवद्दता” भन्ने मुला नाराका साथ आगामि दिनमा थप परिस्कृत भएर अगाढि बढ्ने सञ्चालक कुलालकाे भनाइ छ ।
यस अवसरमा सञ्चालक रूपक कुलाले समस्त दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले इमान्दार खवरका पाठक,दर्शक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने बताउनु भयाे । डाेल्पामा शाखा कार्यालय स्थापना गर्ने र पत्रकारीता सम्वन्धी तालिम समेत सञ्चालन चाडैँ गर्ने याेजना रहेकाे सञ्चालक कुलालले जानकारी दिनुभयाे ।