spot_img

जुम्लाकाे गुठिचाैर उपत्यकाः “भेडी पालन र सुन्दरताले सबैकाे मन जितेकाे धर्तीकाे साेर्ग जस्तै देखिने ठाउँ”

spot_img

जुम्ला,गुठिचाैर उपत्यका जुम्ला जिल्लाकाे गठिचाैर गाउँपालिकामा पर्दछ । गुठिचाैर उपत्यका भेडी पालन र सुन्दरताका कारण चर्तित छ । जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भूभाग पुग्न सदरमुकामबाट ६ घन्टे पैदल हिड्नु पर्छ | अथवा नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट हुँदै दुई दिन गाडी यात्रा पार गर्नुपर्छ। सुर्खेतबाट जुम्ला सदरमुकाम पुग्न मोटरमा दुई दिन लाग्छ। सदरमुकामबाट देपालगाउँ, गज्र्याङकोट हुँदै गुठिचौरको फाँट पुगिन्छ। २०२८ सालमा स्थापित गुठिचौर भेडा तथा बाख्रा अनुसन्धान केन्द्र केन्दिय स्तरको एक मात्र कार्यालय रहेकाे छ । नेपालकै चर्चीत भेडा पालन हुने भेडीगाेठ क्षेत्र गुठीचाैरकाे सुन्दरताले कसकाे मन लाेभिदैन र ।

गुठिचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जिरुवा हिमाल आँखैअगाडि देख्न सकिन्छ भने जुम्लाकै पातारासी हिमशृंखला लमतन्न परेको देखिन्छ। यो डाँडामा पाँचऔँले, भुत्ले, चटामरीलगायतका हिमाली जडीबुटीसमेत पाइन्छ। यहाको प्रसिद्द गणेशस्थानको मन्दिरले रमणीय गुठीचौरको धार्मिक महत्त्वसमेत बोकेको छ|ओढारभित्र अवस्थित यो गणेश स्वरूपको ढुंगा कसैले कुँदेको नभई आफैँ उत्पत्ति भएको विश्वास गरिन्छ |

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img