काठमाण्डौं,राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले शुक्रबारबाट क्वारेन्टिन सुरुगरेका छन् । राट्रिय टोलीको अभ्यासका लागि काठमाण्डौं आईपुगेका सबै खेलाडीले सेल्फ क्वारेन्टिन सुरुगरेका हुन् ।
भदौ १ गतेदेखि सुरुहुने अभ्यासमा सहभागी हुन एन्फाले दिएको अन्तिम समय (शुक्रबार ) भित्र ३३ खेलाडी काठमाण्डौं आइपुगेका छन् । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार काठमाण्डौं आएका सबै ३३ खेलाडीले सेल्फ क्वारेन्टिन थालेका छन् । प्ररम्भिक छनोटमा परेका डिफेन्डर रजिन धिमाल भने घरायसी समस्याका कारण केही दिनपछि मात्र काठमाण्डौं आउनेछन् ।
काठमाण्डौं आएका खेलाडीले घर तथा आफ्नो कोठामै सेल्फ क्वारेन्टिन सुरुगर्ने एन्फाले जानकारी दिएको छ । काठमाण्डौंमा घर तथा बस्ने व्यवस्था नभएका खेलाडीलाई भने एन्फाले त्रिपुरेश्वर स्थित एक होटलमा राख्नेछ ।
खेलाडीले पाँच दिन सेल्फ क्वारेन्टिनमा बसेपछि पीसीआर परिक्षणका लागि स्वाब संङ्कलन हुनेछ । सम्भवत छैटौँ दिन उनीहरु कोरोना संक्रमित भए–नभएको टुंगो लाग्नेछ । पीसीआर नतिजाका आधारमा अभ्यासको प्रकृया थप अघि बढ्ने छ । कोरोना रिर्पोट नेगेटिभ आएका खेलाडीहरुलाई एन्फाको होस्टलमा सारिनेछ भने पोजेटिभ नतिजा आएका खेलाडीहरुको उपाचार गराईनेछ ।