spot_img

जयसिंह धामीलाइ न्यायकाे माग गर्दै अनेरास्ववियुद्वारा काठमाडाैँमा प्रदर्शनः सरकार मुखदर्शक बनेकाे आराेप ।

spot_img

काठमाडौं,नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटीले शेरवहादुर देउवा सरकार भारतका सामु लचिलो बनेको भन्दै बिरोध पर्दशन गरेको छ । भारतिय एसएसपी ले तुइन काटेर सोझा नेपाली बगाएको र नेपाल सरकार यस बारे चुप रहेको र देउवा सरकारले लापरबाही गरेको भन्दै आज सांकेतिक बिरोध पर्दशन गरेको हो ।

भारतिय एसएसपिको हेपाहा प्रवृत्तिले जय सिंह धामी तुइन तर्ने क्रममा तुइन बाट बेपत्ता बनाइ निर्ममतापुर्ण हत्या गरिएको हो । पर्दशनमा ” भारतिय हेपाहा प्रवृत्ति बन्द गर , भारतिय बिस्तारवाद मुर्दाबाद! भारतिय एसएसपी नेपाल भुमी छोड! कम्फर्टेबल सरकार कहाँ छ अनेरास्ववियु यहाँ छ! जय सिंह धामिको परिवारलाई न्याय दे जस्ता आवाज उठाइ अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य गोबिन्द थपलियाको नेतृत्वको टोलिले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ध्यानाकर्षण गराएको हो ।

May be an image of 3 people, people standing and road

कोणसभामा बोल्दै अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य विशाल पराजुलीले भन्नुभयो ” केपि ओलिको सरकार हुँदा भारतले यती सम्म हेप्न सकेको थिएन तर कम्फरटेबल सरकार आउँने बित्तिकै भारतको ज्यादति सुरू भइसकेको छ । आज महाकालि नदीमा भएको घटना लाई पनि हेरर धेरै कुरा बुझ्न सकिन्छ, यस्तो नालायक सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने औचित्य छैन , नालायक सरकार तुरुन्त राजिनामा दे ।”

May be an image of 7 people, people standing and outdoors

पर्दर्शन पछि कोण सभामा बोल्दै विद्यार्थी नेता थपलियाले ओलि सरकार रहदा भारत डराउने अवस्था थियो देउवा सरकारले भारत सरकार प्रति लचिलो बनेको बताउनु भएको हो । उहाँ भन्नुहुन्छ ” भारतका लागि भारतीय रिमोट कन्ट्रोलबाट चल्ने देउवा सरकारले आज एक जना जय सिंह धामीको हत्या गर्यो भोलि हजारौ नेपाली नागरिकको हत्या गराउने छ ।” देउवा सरकारलाई कम्फर्टेबल सरकारको संज्ञा दिदै ओलि सरकारले छापेको चुच्चे नक्सा देउवा सरकारले भारतलाइ नै फिर्ता गराइदिने र भारतका सामु लचिलो बन्दै गएको टिप्पणी समेत गर्नुभयो ।

 यस्तै कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले नेपाल सरकारले नेपालि नागरिकको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताउदै सिंहको परिवारलाई न्याय दिलाउने र दोषीलाई कडा कार्बाही गर्नुपर्ने बताउनु भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img