spot_img

महाकाली घटनाःबेपत्ता धामी भेटिएनन्, तुइन भएकै ठाउँमा कुशको शव बनाएर आफन्तले गरे दाहसंस्कार

spot_img

काठमाडाैँ,तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकालीमा बेपत्ता भएका जयसिंह धामीकी शोकाकुल पत्नी र परिवार । श्रीमान् बेपत्ता भएको सुनेदेखि नै उनी छिनछिनमा बेहोस हुने गरेकी छिन् । डेढ वर्षकी छोरी र करिब सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी उनको काँधमा आएको छ । वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । शुक्रबार पनि उनी विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका थिए ।

तुइन तर्दै गर्दा भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकाली नदीमा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी शनिबार पनि फेला परेका छैनन् । उनको खोजीमा हिँडेका परिवारका सदस्य र गाउँलेले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

गृह मन्त्रालय भन्छ– अनुसन्धान जारी छ

शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्य–तथ्य जानकारी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुला, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ ।’

‘गाउँका १५–२० जनासहित महाकालीको किनारैकिनार निकै तलसम्म खोज्यौँ । नदीमा पानी निकै बढेको छ, डुबाएर मृत्यु भयो । शवसमेत भेट्टाउन सकिने अवस्था नरहेपछि कुशको शव बनाएर दाहसंस्कार गरेका हौँ,’ जयसिंहका भाइ नरेन्द्रसिंहले भने, ‘बगेको ठाउँमै कुशको मूर्ति बनाएर अन्तिम संस्कार ग¥यौँ ।’

बेपत्ता रहेका जयसिंह धामीको महाकाली किनारमा खोजी गर्दै स्थानीय

शुक्रबार बिहान सदरमुकाम खलंगाका लागि हिँडेका जयसिंह मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । खलंगाबाट काठमाडौं जाने उनको योजना थियो । शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले ‘तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको’ बताएका थिए ।

घटनास्थलबाट सुरक्षा अधिकारी फर्केपछि वास्तविकता सार्वजनिक गर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयाे ।

भारतीय प्रशासनको दाबी– एसएसबीको संलग्नता छैन

दार्चुलाको सीमावर्ती भारतीय जिल्ला पिथौरागढ प्रशासनले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार पठाएको पत्रको शनिबार जवाफ फर्काउँदै भारतीय प्रशासनले यस्तो दाबी गरेको हो । नयाँ पत्रिकामा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img