काठमाण्डौं,डाेल्पाेबुद्द गाउँपालिका डाेल्पाका जनप्रतिनिधि र कर्मचारी सहितकाे टाेलिले अर्थमन्त्री जनार्दन शर्मा समक्ष ज्ञापन पत्र बुझाएकाे छ । ६ बुँदामा गाउँपालिकाले “तिन्जेमा एयरपोर्ट निर्माण,मरिमला नाका खाेल्ने देखि भेरीगरिडाेरलाइ पूर्णता दिन लगाएतका माग सहित अर्थमन्त्रीलाइ भेटेर ज्ञापन पत्र बुझाएकाे र अर्थमन्त्री अत्यन्तै सकारारत्मक रहेकाे डाेल्पाेबुद्द वडा नम्वर १ का अध्यक्ष तथा प्रवक्ता ग्याल्पाे थापा भाेटेले जानकारी दिए । प्रवक्ता भाेटेका अनुसार अर्थमन्त्री डाेल्पाेबुद्द भ्रमण गरेकाे हुनाले हाम्रा माग प्रति सकारात्कम भएर भेरी करिडाेर पूर्णता लगाएत समग्र विकासमा सहयाेग गर्ने प्रतिवद्दता जनाउनु भएककाे छ । पहिले पनि हाल कै अर्थमन्त्री जनार्दन शर्माकैपहलमा मरिम नाका हुँदै तिन्जै,धाे र सिसाैलसम्म ट्रयाक अाेपन भइसकेकाे छ र दुनै,ल्यासिक्याप, धाे सम्म ट्रयाक खाेल्न विशेष पहल गर्ने अर्थमन्त्रीआश्वासन दिए ।
ज्ञापन पत्रमा उल्लेख मुख्य बुँदाहरूः
१ः भेरिकोरिडोर अन्तरगत पर्ने दुनै-लासिक्याप-धो सडक खण्डको ट्राक खोल्न अवाश्यक थाप बजेटको व्यवस्था गरि दिनु हुन ।
२.कर्णाली प्रदेश डोल्पा जिल्लाको छिमेकी मित्र राष्ट्र चीनको स्वशाषित क्षेत्र तिव्वतसँग जोडीएको मुख्य नाकाको रुपमा परिचित मरिमला नाका अन्तराष्ट्रिय व्यापारको हिसावले समेत रणनीतिक महत्व राख्ने देखिएकोले यो नाका खुलाउन हुन ।
३.तिन्जेमा प्रचिन कालिन एयरपोर्ट रहेको र उक्त एयरपोर्टको पुनर्निर्माणको लागि अथवा धो तरापमा एयरपोर्टको निर्माणको लागि एक चरणको अध्ययन भै सकेकोले पुनः विस्तृत अध्ययन गर्न आवश्यक बजेट व्यवस्था गरिदिन हुन ।
४.यस गाउँपालिकाको व्यापारिक केन्द्र समेत रहेको धो देखि तिन्जे – छार्का हुँदै मुस्ताङ जोड्ने सडकको लागि बजेट व्यवस्था गरीदिनु हुन ।
५.एकै भाषा, जाति, धर्म र संस्कृतिभएको उपर डोल्पाका तीन गाउँपालिकाहरुलाइ सामाजिक संस्कृतिक संरक्षण र आर्थिक तथा राजनितिक विकासका लागि संरक्षित र स्वायत्त क्षेत्रको रुपमा धोषणा गरी तीन गाउँपालिकाको केन्द्रमा अवस्थित धो–तराप उपत्यकामा तत्काल एक प्रशासनिक सेवा केन्द्रको स्थापना गरिदिनु हुन अनुरोध ।
६.यस पालिका लगायत हिमालि क्षेत्रमा एक देश, दुइ नीति ( क्षेत्रगत नीति) अवलम्वन गराउनु हुन (कर्मचारीको आवश्यक परिपुरक सुविधा, स्थानीय दक्षा जनशक्तिलाई सरकारी सेवामा विशेष व्यावस्था मिलाउने, आर्थिक बर्ष कार्तिक मसान्त )


















