spot_img

४२ सय मिटरकाे उचाइमा ’प्रथम डोल्पो बुद्ध स्मारक कप’ आयोजना हुँदै ( फाेटाेफिचर सहित )

spot_img

सिमेन, डाेल्पाकाे डोल्पोबुद्ध गाउँपालिकामा ४२ सय मिटर उचाइमा ’प्रथम डोल्पो बुद्ध स्मारक कप’ आयोजना हुने भएकाे छ । यहि साउन २७ गते देखि ३० गतेसम्म डोल्पोबुद्ध गाउँपालिका वडा नं. ६ सिमेन स्थित फाल गाउँ राकारगाङमा प्रतियाेगिता हुन लागेकाे  हाे । कुनख्येन डाेल्पाे युवा क्लव सिमेनकाे आयोजनामा हुन लागेकाे प्रतियाेगितामा मुख्य आयोजक डाेल्पाेबुद्द गाउँपालिका रहेकाे आयोजक कमिटिका अध्यक्ष निमा ग्याल्जेन गुरूङले जानकारी दिए ।

 आयोजनाकाे मुख्य उदेश्य डाेल्पाे क्षेत्रलाइ खेलकुदमा अगाडि बढाउने प्रयास अनुसार पहिलाे चाेटि प्रख्यात डाेल्पाेबुद्द ( कुनख्येन दाेल्पाे साङ्गया ) काे स्मरणमा प्रतियाेगिता आयोजना गर्न लागिएकाे डाेल्पाेबुद्द गाउँपालिकाका अध्यक्ष तेम्वा गुरूङले जानकारि दिनुभयाे । 

उनका अनुसार हालसम्म १० टिम सहभागि हुने निश्चित भएकाे छ,अन्य टिम पनि थपिन सक्ने छन् । डाेल्पाे क्षेत्रका डाेल्पाेबुद्दबाट ६,शे फाेक्सुण्डाेबाट २ र छार्काताङसाेङ  गाउँपालिकाबाट १ टाेलिकाे सहभागिता शुनिश्चित भएकाे हाे ।

 प्रथम डोल्पो बुद्ध स्मारक कप प्रतियाेगिताकाे साथसाथै घाेडा दाैंड र ताराे हान्ने खेल समेत समावेस गरिएकाे आयोजक कमिटिका पेम्मा आङछूग गूरुङले जानकारी दिए । प्रतियाेगिताकाे मिडिया पाटनर इमान्दार खवर www.imandarkhabar.com रहेकाे छ ।

तस्वीर सबैः पेम्मा आङछूग गूरुङ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img