सिमेन, डाेल्पाकाे डोल्पोबुद्ध गाउँपालिकामा ४२ सय मिटर उचाइमा ’प्रथम डोल्पो बुद्ध स्मारक कप’ शुरू भएकाे छ । आज २७ गते बुधवार देखि प्रतियाेगिता शुरू भएकाे आयोजक कमिटिका अध्यक्ष निमा ग्याल्जेन गुरूङले जानकारी दिए । ३० गतेसम्म चल्ने प्रतियाेगिता डोल्पोबुद्ध गाउँपालिका वडा नं. ६ सिमेन स्थित फाल गाउँ राकारगाङमा भइरहेकाे छ । कुनख्येन डाेल्पाे युवा क्लव सिमेनकाे आयोजनामा हुन लागेकाे प्रतियाेगितामा मुख्य आयोजक डाेल्पाेबुद्द गाउँपालिका रहेकाे छ ।

आयोजनाकाे मुख्य उदेश्य डाेल्पाे क्षेत्रलाइ खेलकुदमा अगाडि बढाउने प्रयास अनुसारपहिलाे चाेटि प्रख्यात डाेल्पाेबुद्द ( कुनख्येन दाेल्पाे साङ्गया ) काे स्मरणमा प्रतियाेगिता आयोजना गर्न लागिएकाे डाेल्पाेबुद्द गाउँपालिकाका अध्यक्ष तेम्वा गुरूङले जानकारि दिनुभयाे । डाेल्पाे क्षेत्रका डाेल्पाेबुद्दबाट ६,शे फाेक्सुण्डाेबाट २ र छार्काताङसाेङ गाउँपालिकाबाट १ टाेलि गरी ९ टिमकाे सहभागिता रहेकाे छ ।

प्रथम डोल्पो बुद्ध स्मारक कप प्रतियाेगिताकाे साथसाथै घाेडा दाैंड र ताराे हान्ने खेल समेत समावेस गरिएकाे आयोजक कमिटिका पेम्मा आङछूग गूरुङले जानकारी दिए । प्रतियाेगिताकाे मिडिया पाटनर इमान्दार खवर www.imandarkhabar.com रहेकाे छ ।



















