spot_img

बालुवाटारबाट ७० शिक्षक शिक्षिका पक्राउ

spot_img

काठमाडाैँ, प्रधानमन्त्री निवाश बालुवाटारमा धर्नाका लागि गएका ७० जनाभन्दा बढि शिक्षक शिक्षिका पक्राउ परेका छन्। बिभिन्न माग सहित नेपाल शिक्षक महासंघले गरेको धर्नाका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

धर्ना सुरु हुनु अगाबै कार्यक्रमस्थलबाट गिरफ्तार गरिएको महासचिव लक्ष्मी किशोर सुवेदीले  जानकारी दिए । उनीहरुलाई मालिगाँउस्थित प्रहरी वृत्तमा राखिएको छ। सुवेदीले ७० भन्दा बढिको संख्यामा शिक्षक शिक्षिका पक्राउ परेको र प्रहरीले अझै धेरैलाई पक्राउ गरीरहेको जानकारी दिए।

महासंघले शिक्षामा २० प्रतिशत लगानी, कोरोना खोपको व्यवस्था, निजामति कर्मचारीसरह पर्यटन विदाको सुविधा लगायतको माग राखेर आन्दोलन गर्दै आएको छ।काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले निषेधित श्रेत्रमा कार्यक्रम गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाको संख्याका सम्बन्धमा भने जानकारी आईनसकेको एसपी बस्नेतको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img