काठमाडौ, त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ साल माघ फागुन महिनामा सञ्चालित स्नातक तहको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय तर्फ स्नातक तह तीन बर्षे बी. ए. २०७७ तेस्रो बर्षको परीक्षाफल प्रकाशित भएको छ । सूचनामा भनिएको छ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७७ साल माघ ÷ फागुन महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र संकाय तर्फ स्नातक तह तीन बर्षे बी. ए. २०७७ तेस्रो बर्ष परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल www.tuexam.edu.np मापनि हेर्न सकिनेछ । साथै 3BA (space) SYMBOL NO. ३३६२४ मा SMS गरेर पनि थाहा पाउन सकिने छ ।
सूचनामा भनिएको छ त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले क्रमांक नं. ०६२०४५२, ५४००५१ र ३७०१०४ परीक्षार्थीलाई त्रिवि बाट सञ्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी २ बर्षको लागि (२०७९) सम्म निष्काशन गरिएको छ ।
साथै सूचनामा परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याईने व्यहोरा अवगत गराईन्छ । लब्धांकपत्र नियमित परीक्षार्थीहरुको सम्बन्धित क्याम्पसबाट र प्राईभेट परीक्षार्थीहरुको त्रिविपनिका बल्खुबाट वितरण गरिनेछ ।


















