spot_img

माधव नेपाल नेतृत्वको पार्टीको सनाखत आउने सातामात्रै हुने

spot_img

काठमाडौं,दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आउँदो साता मात्रै दर्ता प्रमाण पत्र पाउने भएको छ।शुक्रबार आयोग पुगेर नेपालनिकट नेताहरूले पार्टी दर्ताका लागि औपचारिक निवेदन दिएका छन्। उनीहरूले बुधबार नयाँ दल दर्ता गर्ने आयोगमा जानकारी दिए पनि दल दर्ता प्रक्रिया अगाडि बढेको थिएन।राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै आयोगले राजनीतिक दलसम्बन्धी नियमावली बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै नयाँ दल दर्ता प्रक्रिया अगाडि बढेको हो।निर्वाचन आयोगका एक अधिकारीले कुराकानीमा नयाँ दल दर्ता हुन अझै केही दिन लाग्ने बताए।

‘उहाँहरूले दल दर्ताका लागि निवेदन दिनुभएको छ। अब आयोगले मंगलबार वा बुधबार उहाँहरूलाई सनाखतका लागि बोलाउँछ,’ उनले भने।आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेकोले सार्वजनिक बिदा छ।मंगलबारदेखि आयोगले काम सुरू गरे शुक्रबारसम्म नेपालले दल दर्ताको प्रमाणपत्र पाउने आयोगका ती अधिकारीले बताए।

‘सनाखतका लागि आयोगले कम्तिमा २४ घन्टाको समय दिन्छ,’ उनले भने।केन्द्रीय सदस्य वा सांसदहरू भौतिक रूपमा उपस्थित भएर सनाखत भएपछि भने नयाँ दल दर्ताको प्रमाणपत्र दिन समय नलाग्ने आयोगका ती अधिकारीले बताए।नेकपा एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना संघीय संसदका सांसद नेता माधव नेपालतिर छन्। उनीहरूले नयाँ पार्टी दर्ता गर्न लागेका हुन्।

यस्तै आयोगमा आजै महन्थ ठाकुरले पनि नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतले आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन्। उनीहरूलाई पनि आयोगले सनाखतका लागि समय दिने र सनाखतपछि मात्रै दल दर्ताको प्रमाणपत्र दिने बताएको छ। यी दुई दलले आउँदो शुक्रबारसम्म दल दर्ता प्रमाणपत्र पाउँछन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img