spot_img

थप २,५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

spot_img

काठमाडौं,  पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५१८, झापामा १९६, कास्कीमा १६३, मोरङमा १५०, ललितपुरमा ११९ र काभ्रेपलाञ्चोकमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै सुनसरीमा ९६, बागलुङमा ७४, भक्तपुरमा ५२, रुपन्देहीमा ४९, मकवानपुरमा ३९, कैलालीमा ३७, सिन्धुपाल्चोकमा ३३, तनहुँमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।नुवाकोट र पर्वतमा २८÷२८ जना, चितवन र गोरखामा २१÷२१ जना, नवलपरासीमा २०, बाँकेमा १९, स्याङजा र दाङमा १८÷१८ जना, धनकुटामा १५, इलाममा १३, रामेछाप र बर्दियामा १२÷१२ जना र लमजुङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img