spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका र केयुकेएलबिच इमाडोल क्षेत्रमा खानेपानी समस्या समाधान गर्न सम्झौताःहोला त खानेपानीको समस्या समाधान ?

spot_img

ललितपुरको महालक्ष्मी नगरपालिकाका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बिच नगरपालिकाको वडा नम्बर १ र ४ मा पर्ने इमाडोल क्षेत्रको खानेपानी समस्या दीर्घकालिन समाधानका लागि सम्झौता पत्रमा हस्ताक्षर र प्रकृया अगाडि बढाइएको छ।

सम्झौता अनुसार खानेपानी पाइपलाइन तथा ट्रान्समिसन मेन निर्माण/बिछ्याउने कार्यका लागि बोलपत्र आह्वान गरिएको छ।

मुख्य कामहरू:

वडा नं. १ मा HDPE पाइप बिछ्याउने

वडा नं. ४ लगायत विभिन्न स्थानमा पाइपलाइन विस्तार

श्रीकृष्ण टोलमा पाइपलाइन निर्माण

ग्वार्कोदेखि महालक्ष्मी–४ कमलपोखरीसम्म DI ट्रान्समिसन मेन निर्माण हुनेछ।

असोज २ गते शुक्रबार महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र केयुकेयलका प्रबन्ध निर्देशक रामरतन शाह लगायतको उपस्थितिमा इमाडोल १ र ४ को खानेपानी समस्या दीर्घकाल समाधान गर्नको लागि सम्झौता

भएको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाको बिनियोजित बजेट र केयुकेयलको प्रावधिक सहयोगमा योजना कार्यन्वयन गर्ने बताइएको छ।

गत आर्थीक वर्षमा पनि महालक्ष्मी नगरपालिकाकाको बिनियोजित बजेट र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्राबिधिक सहयोगमा इमाडोलको कमलपोखरीमा करिब ४ लाख ५० हजार लिटरको ओभरहेड टयान्कि निर्माणको चरन मा रहेको छ भने करिव १ र ४ वडामा २.५ किमि पाइपलाइन बिस्तार समेत गरिएको कार्यपालिका सदस्य माधव श्रीमालीले जानकारी दिनुभयो।

यो योजना सम्पन्न भएपछि वडा नम्बर १ र ४ मा पर्ने इमाडोल क्षेत्रको खानेपानी समस्या दीर्घकाल रुपमा समाधान हुने अपेक्षा गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img