spot_img

“ललितपुरको महालक्ष्मी नगरपालिकाको आयोजनामा नगरस्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता सम्पन्न”

spot_img

महालक्ष्मी नगरपालिकाको आयोजनामा तथा वेस्ट विङ माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित ‘नगरस्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता प्रतियोगिता शनिबार सम्पन्न भएको हो।

प्रतियोगितामा नगरपालिकाभित्रका १६ विद्यालयका शिक्षक खेलाडीहरुको उपस्तिथि रहेको थियो।
प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाइ प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

नगर प्रमुख हरिगोबिन्द श्रेष्ठले नगरपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउदै यस्ता क्रियाकलापले खेलकुद विकासमा योगदान पुग्ने बताउनुभयो।

कार्यक्रमको सभाध्यक्ष वि.व्य.स. अध्यक्ष नारायण भक्त श्रेष्ठ, अतिथिहरु संस्थापक वि.व्य.स. तथा गुठी (ट्रस्ट) अध्यक्ष, वसन्त कुमार श्रेष्ठ,गुठीका अन्य सदस्यहरु
शिक्षा निर्देशक पौडेल, वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ,कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा खेलाडीहरु,अभिभावक तथा विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको र आगामि दिनमा अझ राम्रो प्रतियोगिता गर्ने उदेश्य रहेको कार्यक्रम ब्यवस्थापक तथा वेस्ट विङ माध्यमिक विद्यालयका प्राध्यानाध्यापक बाबुराज महर्जनले बताउनुभयो।

प्रतियोगिताले शिक्षकहरूबीच मैत्रीपूर्ण सम्बन्ध, नेतृत्व विकास, स्वस्थ प्रतिस्पर्धा, शारीरिक तन्दुरुस्ती तथा विद्यालयहरूबीच सहकार्य प्रवर्द्धन गर्ने सन्देश दिएको छ। साथै, महिला तथा पुरुष शिक्षकलाई समान रूपमा खेलकुदमा सहभागी गराई विद्यालयस्तरबाटै खेलकुद संस्कृति विकास गर्नुपर्ने आवश्यकतालाई समेत कार्यक्रमले उजागर गर्ने बिस्वास गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img