spot_img

६ वर्षमा सडक दुर्घटनामा परि १२ हजार बढिले ज्यान गुमाएका छन् ,यसकाे जिम्मा कसले लिने ?

spot_img

काठमाडाैँ,

दुर्घटनामा दैनिक ७ जनाको मृत्यु, पहाडी क्षेत्रमा बढे दुर्घटना

पछिल्ला दुई महिनामा भएका ठूला दुर्घटनाका घटनाले सिंगो देश ध्यानाकृष्ट भएको छ । बितेका ५ वर्षको सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा भयावह स्थिति देखिन्छ ।

५ वर्ष ७ महिनामा नेपालमा ६० हजार दुर्घटना भएको प्रहरी तथ्याङ्क छ । दुर्घटनामा १२ हजार ५ सय २१ भन्दा बढीको मृत्यु भएको छ । प्रहरीका अनुसार, २०७१/०७२ मा ९ हजार १ सय ४५ सवारी दुर्घटनामा २ हजार ४ जनाले ज्यान गुमाए । २०७२/०७३ मा १० हजार १३ सवारी दुर्घटनामा २ हजार ६ जनाको ज्यान गयो । यस्तै २०७३/०७४ मा १० हजार १ सय ७८ दुर्घटनामा भए र २ हजार ३ सय ८४ जनाको मृत्यु भयो । २०७४/)७५ मा २ हजार ५ सय ४१ जनाको मृत्यु भयो । यस्तै २०७/०७६ मा १३ हजार ३ सय ६६ दुर्घटनामा २ हजार ७ सय ८९ जनाको मृत्यु भयो । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ५ हजार ९ सय ८९ दुर्घटनामा ८ सय जनाको मृत्यु भएको तथ्याङ्क नेपाल प्रहरीसँग छ ।

नेपालमा हरेक दिन ३७ देखि ४० सम्म दुर्घटना हुने गरेका छन् । उसो त हरेक दिन नेपालमा सवारी दुर्घटनामा ७ जना नागरिकको मृत्यु हुने गरेको छ । १२ जना गम्भीर घाइते हुने गरेका छन् ।

नेपाल प्रहरीको यो तथ्याङ्क हेर्दा वार्षिक १४ हजार भन्दा बढी सवारी दुर्घटना भइरहेका छन् । वार्षिक सवारी दुर्घटनामा २ हजार ५ सय ५५ जनाले ज्यान गुमाउनु परेको छ भने ४ हजार ३ सय भन्दा बढी घाइते हुने गरेका छन् ।अझ मृत्यु हुनेमा ३० प्रतिशत बालबालिका अर्थात् देशका कर्णाधार छन् । देशलाई चाहिने असल नागरिक भकाभक सवारी दुर्घटनामा परेका छन्–मरेका छन् । देश हाँक्ने अशल नागरिक अकालमा मृत्युवरण गरिरहेका छन् ।

चालककै कारण दुर्घटना हुने गरेको प्रहरीकाे भनाइ छ । पछिल्लो समय त पहाडी इलाकामा ठूला सवारी दुर्घटना भइरहेका छन् । सडकको अवस्था र तीव्र गतिका कारण पहाडी इलाकामा अत्यधिक दुर्घटना हुने गरेका छन् । ट्राफिक प्रहरी पनि शहरमा मात्रै केन्द्रित देखिन्छ । समयमै पहाडको ट्राफिक व्यवस्थापनमा ध्यान नदिने हो भने निकट भविष्यमा यस्ता दुर्घटना नदोहोरिएलान् भन्न सकिन्दैन । पहाडी इलाकामा सोचेअनुसार ट्राफिक प्रहरी राख्न नसकेको प्रहरी पनि स्विकाराेक्ति छ । तर चालकले ट्राफिक नियमको पालना गरे निकै हदसम्म दुर्घटना कम गर्न सकिन्छ भन्नेमा शंका छैन ।

चालक, सडकको अवस्था र पुराना सवारी साधन सडक दुर्घटनाको मुख्य कारण
सडकलाई देश विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार मानिन्छ । विकासक्रमसँगै नेपालमा सडक विस्तारको क्रम पनि तीव्र छ । तर सडकमा सवारी दुर्घटनाको संख्या बढिरहेको छ । सवारी सञ्चालन, यात्रुको दौडधुप, सडकको अवस्था र यसको नियमन जुनसुकै क्षेत्रमा लापरबाही छ । सडकको दूरावस्था, सवारी धनी, चालक र यात्रुको लापरबाही तथा सरकारी गैरजिम्मेवारीपनाका कारण सवारी दुर्घटना र त्यससँग सम्बन्धित घटना बढिरहेका छन् । सानो होस् या ठूलो दुर्घटना नभएको दिन नै छैन ।

अत्यधिक गति, मादक पदार्थ सेवन, सवारी चलाउँदाचलाउँदै निदाउने चालकका देखिएका कमजोरी हुन् । चालकपछि दुर्घटनाको अर्को कारक होः थोत्रा सवारी साधन । चालकले चाहेर पनि सवारी साधन नियन्त्रणमा ल्याउन सक्दैन । अर्कातिर यिनै थोत्रा सवारी साधनले रुट परमिट पाएका छन् र यात्रुलाई गन्तव्यमा पुग्नै पर्ने बाध्यता छ । थोत्रा सवारी साधनमा क्षमता भन्दा बढी भारवहनले पनि दुर्घटना हुने गरेको छ । नेपालका अधिकांश रुटमा कुनै नै कुनै यातायात कम्पनीको सिन्डिकेट जीवितै छ । त्यसैले दुर्घटना नरोकिएको पोखरेलको भनाइ छ ।

चालक, सवारी साधनपछि दुर्घटनाको अर्को प्रमुख कारक होः नेपालका जिर्ण सडक । सडकमा कहीँ कतै देखिने अलकत्राको कालो टाटोले भन्छः यो सडक कुनै कालखण्डमा पिच भएको थियो । ठेकेदारले समयमा काम नगरिदिने, गर्दा पनि गुणस्तरहीन गरिदिने र पछिल्लो पटक बाढीपहिरोको चपेटामा जनता झैँ नेपाली सडक पनि परेर जिर्ण बनेका छन् । भारबहन क्षमता भन्दा बढी चापका सवारी साधन र तनावमा रहने सवारी चालकका कारण सर्वसाधारणको एकै चिहान अर्थात् हत्या नै हुने गरेको छ भन्दा अन्यथा नहोला ।

सरकारको उदानिता,सडक दुर्घटनामा जादैँन ध्यान
२१ महिनाअघि सरकारले सबैभन्दा ठूलो फड्को मारेको भनेर घोषणा गरिएको क्षेत्र हो सिन्डिकेट अन्त्य । केहीदिन पहिले निवर्तमान हुनुअघिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ आफ्नो मन्त्रीकालको सबैभन्दा ठूलो उपलब्धी यही भनिरहनु भएको थियो । तर सिन्डिकेट हटेको अनुभूति नेपाली जनताले गर्न पाएनन् । किनभने कुनै पनि रुटमा नयाँ बस किनेर चल्नु पर्ने हो । तर चालकहरुको आफ्नै संगठन छ । यातायात व्यवसायीले राजमार्गमा कब्जा गरेका छन् र थोत्रा सवारी साधन २० वर्ष नपुगी थन्कने छैनन् । घ्याच्चघ्याच्च गर्दै, क्षमता भन्दा बढी यात्रु बोक्दै गाडी चलिरहन्छन् ।

स्मरण होस् १२ वर्ष युद्ध हुँदा १७ हजार मान्छे मारिए राज्यपक्ष र विद्रोही पक्षबाट । त्यो मरण व्यवस्था परिवर्तनका लागि थियो । तर पछिल्लो पाँच वर्ष सात महिनामा १२ हजार ६ सय मानिस मरेका छन् सवारी दुर्घटनामा । १० वर्षे सडक दुर्घटनाको अवस्थालाइ हेर्ने हो भने १० वर्षे जनयुद्धमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

यस विषयमा राज्य पनि सम्वेदनशील बनेको देखिदैन । हरेक दिन सवारी दुर्घटनामा ७ जनाको अनाहकमा मृत्यु हुन्छ र १२ जना घाइते हुन्छन् । अझ भनौँ घाइते परिवारको जिन्दगी कसरी चलिरहेकाे होला भन्ने विषयमा राज्यको चासाे गएकाे देखिदैन । सवारी दुर्घटना बारे राज्य बेलैमा सचेत नभए निकट भविष्यमा  अवस्था भयावह हुनसक्छ र देश कुनै ठूलाे युद्धमा हारेर बाँचेका घाइते अपाङ्गहरूकाे बस्ती हुने खतरा छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img