spot_img

प्रचण्ड र ओली बिच फेरी भयाे चर्काचर्की,पार्टी फुटकाे संघारमा

spot_img

काठमाडाैँ,मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको थियो । भट्टको नियुक्तिको विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीमाथि खनिएको स्रोतको दाबी छ । भट्टलाई सीईओ बनाएको विषय गम्भीर रूपले उठायौं । उहाँले प्रतिवाद गर्नुभएन, केही प्रतिक्रिया पनि दिनुभएन” एक नेताले भने, “उप्रान्त यस्तो नियुक्ति गर्दा पार्टीको परामर्शबिना, छलफलबिना, स्वीकृतीबिना नगर्नुस् भन्यौं ।”

प्रधानमन्त्रीको यस्तै कार्यशैलीले समस्या निम्त्याएको ती सदस्यले जानकारी दिए ।भट्टकाे नियुक्तिको विषयमा पार्टी अध्यक्ष प्रचण्डले र वरिष्ठ नेता खनालले गम्भीर आपत्ति प्रकट गरेको र सच्याउन आग्रह गरेको ती नेताको दाबी छ ।

यसैगरी आजको बैठक पनि निष्कर्षमा पुग्‍न नसकेको बालुवाटार बैठकमा साक्षी बसेको एक नेताले जानकारी दिए । त्यसैगरी प्रचण्ड र खनालले आजको छलफलमा स्थायी कमिटीको बैठकको मिति तोक्न माग गरेको पनि स्रोतले जानकारी दियो । “आज पार्टी अध्यक्ष र वरिष्ठ नेता दुवैले बैठक तोक्न माग गर्नुभएको थियो । बैठकको मिति तय गर्नुप¥यो । तनावको स्थिति राख्नु भएन भनेर भन्नुभयो । देशभरि राम्रो सन्देश गइरहेको छैन । कार्यकर्तामा निराशा छ, चिन्ता प्रकट हुन थालेका छन् भनेर कुरा राख्नुभयो । विषयलाई गम्भीरतापूर्वक लिएर बैठक सुचारु गरौं भनेर आफ्ना विचार अभिव्यक्त गर्नुभयो । प्रधानमन्त्रीले त्यसमा पनि आनाकानी गर्नुभयो,” स्रोत भन्छ ।

प्रधानमन्त्रीले आजको बैठकमा पनि सचिवालयकै रटान लगाएका थिए । “आजको बैठकमा पनि रस्साकस्सी चल्यो । तिक्तापूर्ण छलफल भए । अन्तिममा छलफल जारी राख्ने सहमति गरेर बैठक टुंग्याइयो,” स्रोतले भन्यो । आजको छलफलमा ओली, प्रचण्ड, खनालका अतिरिक्त सुवास नेम्वाङ पनि छलफलमा सहभागी थिए । चारजना नेताबीच तीन दिन लगातार छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img