सांकेतिक तस्बिर
दाङको देउखुरीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । युवतीमाथि बलात्कार भएको केही समयमै प्रहरीले दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।
राप्ती गाउँपालिका– ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया युवतीलाई राप्ती गाउँपालिका–४ का अन्दाजी २५ वर्षका अर्जुन विक, सोही वडाका २७ वर्षका प्रकाश नेपाली, २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले प्रहरी समक्ष बताएकी छन् ।
युवतीले प्रहरी समक्ष दिएको बयानअनुसार त्यो दिन महिनावारी भएकोले जंगलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिएँ । नुहाएर कपडा बदल्ने बेला एक्कासी आएको युवाको समूहले प्रेमीलाई कुटपिट गरि घाइते बनायो । ती चार जनाको युवा समूहले कसैलाई भने ज्यान मार्ने समेत धम्की दिएको पीडित युवतीले बताएकी छन् । पीडित युवतीको स्वास्थ्य परिक्षणपछि जाहेरी समेत दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बलात्कार अभियोग लागेका चार जनामध्ये २ जनालाई भालुवाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इसब जिसी र भुपाल थापा मगर रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गङ्गा बहादुर सारु मगरले जानकारी दिए । अन्य फरार दुई जनाको खोजी भइरहेको उनले बताए । पीडित युवती आफ्नो प्रेमीसँग गत साउन १६ गते दिउँसो घर नजिकको सामुदायिक जंगल नजिकै रहेको खोलामा नुहाउन गएका बेला चार जनाको समूहमा आएका ती युवाहरूले युवतीकी प्रेमीलाई कुटपिट गरि घाइते बनाएर बलात्कार गरेको पीडित युवतीको भनाइ छ ।