spot_img

नागरिकको सुरक्षा र उपचारमा खटिनेलाई नै कोरोनाको जोखिम

spot_img

काठमाण्डौ – हामी जब असुरक्षित महसुस गर्छाैँ तब सुरक्षाकर्मीसँग गुहार माग्छौँ । जब अस्वस्थ हुन्छौँ, डाक्टर र स्वास्थ्यकर्मीकोमा पुग्छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हामीलाई परेको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्छन्, सहयोग गर्छन् । अहिले कोरोना महामारी र प्राकृतिक विपदमा पनि उनीहरु यसैगरी काम गरिरहेका छन् । एकातिर कोरोना नियन्त्रण र उपचारको काम, अर्कोतिर बाढी पहिरोमा परेकाको उद्धार र उपचार । अरुको उपचार र उद्धारमा खटिरहेका उनीहरु अहिले आफैँ जोखिममा छन् ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा सङ्क्रमण बढ्दो

अग्रपङ्क्तिमा बसेर काम गर्ने सुरक्षाकर्मी, डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको जोखिम उच्च देखिएको छ । प्राकृतिक विपदमा परेकालाई उद्धार गरेर फर्किएका एक प्रहरीलाई सङ्क्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयका अरु केही प्रहरीमा पनि कोरोना भेटिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका ७२ प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जना ट्राफिक प्रहरीमा पनि सङ्क्रमण पाइएको छ । अहिले महाशाखाका कर्मचारी र ट्राफिक प्रहरीलाई क्वरेण्टीनमा राखिएको छ । काठमाण्डौसहित देशभर अहिलेसम्म दुई सय ५३ जना सुरक्षाकर्मीमा कोरोना देखिएको छ । जसमध्ये एक सय तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक सयभन्दा धेरै डाक्टरसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । डाक्टर र स्वास्थ्यमर्कीमा सङ्क्रमण देखिने सम्भावना अझै बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले सुरक्षित हुने गरी मास्क र पन्जा लगाउन तथा स्वास्थ्य सुरक्षाका सामग्री अनिवार्य प्रयोग गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । उहाँका अनुसार अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेकाले उनीहरुमा कोरोना सङ्क्रमण बढेको पाइएको छ ।

सुरक्षाकर्मीमा जोखिम बढेपछि सुरक्षा निकायलाई सावधानी अपनाउन परिपत्र गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायत भन्नुहुन्छ, ‘परिस्थति नै यस्तै छ । यस्तो बेला सुरक्षाकर्मीलाई फिल्डमा नखटाइ हुँदैन तर सबैलाई पीपीई सेट पनि सम्भव नहुँदा जोखिम थप बढ्यो ।’

अहिले फिल्डमा खटिने ट्राफिक प्रहरी र केही प्रहरीले मास्क, पन्जा र भाइजर लगाउँछन् । केहीले भने पीपीई सेट लगाउँछन् । तर सबैलाई पीपीई सेटलगायतका सुरक्षाका सामग्री पुगेको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img