spot_img

कर्णालीकाे बिकट गाउँबाट शुरू भाे नेकपा मुक्त अभियान ! जहाँका गाउँले सबै कांग्रेस प्रवेश गरे

spot_img

काठमाडाैँ, मुगुकाे  सोरु गाउँपालिकाको वडा नं. ४ नेकपाका नेता तथा कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । कम्युनिस्टहरूले सत्ताका लागि जनताको समस्या समाधान गर्न छाडेर व्यक्तिगत स्वार्थमा लागेकाले नेकपा छाडेर कांग्रेस प्रवेश गरेको बताएका छन् ।

नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेस मुगुका पूर्व पार्टी सभापति ऐनबहादुर शाही, पार्टी प्रवक्ता लोकेन्द्रबहादुर शाही, महाअधिबेशन प्रतिनिधि केशरजङ्ग शाही, जिल्ला कार्यसमिति सदस्य कर्णजङ्ग शाही, वडा सभापति गोर्खबहादुर मल्लले स्वागत गरेका छन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूमा नेकपाका वडा कमिटी सदस्य रावलबाडा गाउँका धर्म नेपाली, नेकपाका वडा कमिटी भीमलाल नेपालीका साथै बाच्या मल्ल, भीमसिंह नेपाली, मनसिंह नेपाली, उम्मेर नेपाली, उब्जन नेपाली, औला नेपाली, उर्मीशिला नेपाली, मनमती नेपाली, केशमती नेपाली, लमेगाउँका बासमती नेपाली, लिब्रु गाउँका चक्कप्रसाद देबकोटा, खडकबहादुर शाहीलगायतका व्यक्ति रहेका छन् ।

सो गाउँका नेकपाका अधिकांश नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि कम्युनिस्टहरूलाई झट्का लागेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img