spot_img

दाउन्नेमा पहिरो, यातायात सेवा अवरुद्ध

spot_img

कावासोती,  पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन सकिएको छैन । नवलपरासी क्षेत्रमा बिहीबार रातिदेखि नै पानी परिरहेको छ ।पूर्वबाट आइरहेका गाडीहरुलाई दुम्कीवासमा र पश्चिमतर्फबाट आइरहेका गाडीहरुलाई बर्दघाटमा रोकिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img