spot_img

मन्त्री बनाउ भन्दै आउने देखेर दिक्क लाग्छ ः प्रचण्ड

spot_img

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका लागि काम नगर्ने पार्टीको अर्थ नभएको बताएका छन्। शुक्रबार माओवादी केन्द्र बागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै प्रचण्डले जनताका लागि काम नगर्ने हो भने पार्टी विघटन गरे हुने बताएका हुन्।

वर्गीय पक्षधरता र क्रान्तिकारी संस्कृति भएन भने र उत्पीडित जनताको पक्षमा काम गरिएन भने पार्टीको काम नहुने उनको भनाइ छ। नेता–कार्यकर्ताहरू जनतामा फर्किनुपर्ने बताउँदै उनले यस्तो गरेमा मात्र पार्टी बन्ने र समाजवादको बाटो कोरिने उनले बताए। उनले आफूकहाँ मन्त्री बनाउन भन्दै आउने देखेर दिक्न लाग्ने बताए। ‘यो मान्छे बिग्रिन आयो भन्ने लाग्छ’, उनले भने। उनले पार्टीले धेरै पटक बनाएका मन्त्री के भए भन्दै केपी ओलीतिर गएकाको नाम लिँदै यसो भनेका हुन्।

प्रशिक्षण भेलामा जिल्ला अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्। केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयनकै सिलसिलामा यी बैठकहरू भइरहेका हुन्। यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img