spot_img

सुरक्षित ठानेकै घरमा पहिरो

spot_img

पोखरा, पर्वत  घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे । सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन् । बिहीबार मध्यरातमा खसेको पहिरोले घर पु¥यो । भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए । विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो ।

छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रोजगारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेटमाथिको भोगेनीमा माइजूकी आमा नर्वदी पाध्याको घर किनेका थिए । घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो । ‘झन्डै सय मिटरमाथिबाट आएको पहिरोले घर पुरिदियो,’ गिरीले भने, ‘बरु उहाँहरू बाँधस्वाँरामै बसेको भए हुने रहेछ, आज यो अवस्था देख्नुप¥यो ।’ पहिरोले पुरिएर शर्माकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको हो ।

राति करिब डेढ बजेतिर पहिरो खसेको थियो । दर्के झरी परेकाले पहिरो जान सक्ने शंका गर्दै राति गाउँलेका धेरै जना जागै थिए । तत्कालै उद्धारमा जुटेका स्थानीयले कौशिला, विमला र विनीताको शव निकालेका हुन् । विमला १२, विनीता ४ र विनोद ३ कक्षामा पढ्थे ।गिरीका अनुसार पहिरो खसेको स्थानको जमिन अलिअलि दबिएको थियो । स्थानीयले पुरपार गरेका थिए । तर, बुधबार रातिदेखि परेको भारी वर्षापछि पर्खालसहित पहिरो खस्यो । घर बिक्री गरेकी नरबदी पनि सोही घरको एक कोठामा बस्दै आएकी थिइन् । उनी बस्ने कोठा भने पहिरोले छोएको छैन ।

छोरा नभएको र तीन छोरीको बिहे भएकाले नरबदीले घर बेचे पनि बाँचुन्जेलसम्मका लागि भन्दै त्यसकै एउटा कोठामा बस्दै आएकी थिइन् । अर्का छिमेकी प्रेमप्रसाद पौडेलका अनुसार माधव गत चैतमा वैदेशिक रोजगारीका लागि फेरि कतार गए । ‘पहिला पनि कतार गएर फर्किएर आएपछि घर किन्नुभएको हो,’ उनले भने, ‘असुरक्षित ठानिएको स्थानमा भने अहिलेसम्म केही भएको छैन । सुरक्षित ठानिएको स्थानमा यस्तो अवस्था आइलाग्यो ।’ घटनापछि शर्मा नेपाल फर्कंदै गरेको उनले बताए ।

यसैगरी कुश्मा–११ पकुवामा माथिबाट आएको पहिरोले घर पुर्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानै आएको पहिरोले घर पुर्दा ७० वर्षकी डल्ली पाध्या पौडेल, उनकी बुहारी ४० वर्षीया मायाकुमारी र ३ वर्षका जाति प्रयुशको मृत्यु भएको पर्वतका डीएसपी शिवराज बुढाथोकीले बताए । त्यस्तै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुर्दा पाहुना आएकी मोदी–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ । यस्तै पर्वतकै मोदी–५ आम्बोटमा पहिरोले घर पुरिँदा ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । चारवटै घटनामा पहिरोले एउटा÷एउटा घर पुरेको डीएसपी बुढाथोकीले बताए ।

पहिरोले विभिन्न स्थानमा बिजुलीका पोल ढालेको छ भने फोनको अप्टिकल फाइबरमा क्षति पु¥याएको छ । शुक्रबार पर्वतमा विद्युत् र सञ्चार सेवा अवरुद्ध रह्यो । डीएसपी बुढाथोकीका अनुसार पहिरोले मध्यपहाडी राजमार्ग र अन्य सडकसमेत अवरुद्ध भएको छ । ‘ठाउँठाउँमा पोल ढलेका छन्, कहाँकहाँ समस्या भन्ने पनि पत्ता लागिसकेको छैन,’ उनले भने ।मोदीको आम्बोट क्षेत्रमा खसेको पहिरोले टेलिकमको अप्टिकल फाइबरमा क्षति पु¥याएपछि दिनभर फोन र मोबाइल सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबर मर्मत गर्न पश्चिमाञ्चल सोलुसनका प्राविधिक पहिरो स्थलमा पुगे पनि शुक्रबार अबेरसम्म काम पूरा भइसकेको छैन । नेपाल टेलिकम पोखराका इन्जिनियर विकास तिमिल्सिनाका अनुसार अप्टिकल फाइबर बन्द भएपछि रेडियो सेटमार्फत सीमित कलमात्रै जाने भएकाले फोन पर्वतमा नलाग्ने समस्या भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img