विराटनगर,
मा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । एमाले विभाजित भएपछि जनप्रतिनिधिलाई बुधबारसम्म दल रोज्न समय दिइएको थियो ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी दल रोजेका छन् ।
बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा–५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले एकीकृत समाजवादी रोजेका हुन् ।नेकपा एमाले मोरङका प्रवक्ता ओसिम आलमका अुसार मोरङबाट ४ जना वडा सदस्यहरुले नयाँ दल रोजेका छन् । निर्वाचन कार्यालयका अनुसार १० जना प्रदेश सांसदले पनि विराटनगरबाटै नयाँ पार्टी रोजेका छन् ।
सुवेदी र राई एमालेमै
नेकपा एमालेमा रहदा माधवकुमार नेपालको पक्षमा रहेका मोरङका दुई नगरपालिकाका मेयर एमालेमै बसेका छन् । पार्टी विभाजनपछि पनि नयाँ पार्टीमा खुलेका पथरी नगरपालिकाका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका हुन् ।माधव समूहमै रहेकी केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल पनि एमालेमै बसेकी छन् ।बुधबारसम्म उनीहरु एकीकृत समाजवादी दल रोज्न निर्वाचन कार्यालय नपुगेका एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।